सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजी गरिदिन नेपालको अपिल

काठमाडाैं | असोज २४, २०८०

सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजी गरिदिन नेपालको अपिल

काठमाण्डौ: नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो ।

 

गएको १७ गते टिस्टा नदीमा बाढी आएपछि यो क्षेत्रमा काम गर्न गएका इलामको इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतलगायत सम्पर्कविहीन छन् । बाढी गएको ठाउँमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएकाले सम्पर्क हुन नसकेको भारतीय निकायले जानकारी गराएको छ । 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्